लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भोली शनिबार तिलोत्तमामा रोजगार मेला,तयारी पुरा

IMG

तिलोत्तमा,२०७९ चैत्र ३। तिलोत्तमा नगरपालिकाको आयोजनामा यहि चैत्र ४ गते हुन लागेको वृत्ति मार्ग निर्देशन तथा रोजगार सुचना मेलामा सहभागी हुन नगरपालिकाले सबै युवा बिद्यार्थीहरुमा आग्रह गरेको छ। मेलाको तयारी पुरा भएको जानकारी गराउदै रोजगारीको खोजीमा रहेका बेरोजगार तथा अर्ध बेरोजगार युवा बिद्यार्थीहरुको लागि भनेर आयोजना गरिएको १ दिने वृत्ति मार्ग निर्देशन तथा रोजगार सुचना मेलामा रोजगार तथा रोजगार दाता कम्पनीहरुको ४० स्टल रहने मेलाका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले बताए।


तिलोत्तमाको रामजानकी मन्दिर परिसर मंगलापुरमा हुने सो मेलामा नगरपालिका भित्रका र अन्य पालिकाबाट आएका करिव १५ सय बिद्यार्थी सहभागी हुने लक्ष्य राखिएको सह संयोजक तथा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरीले बताए। मेलामा सहभागी हुन ईच्छुक युवायुवतीलेले नागरिकता,फोटो, शैक्षिक प्रमाणपत्रको प्रतिलिपी समेत ल्याउनुपर्ने सेन्चुरीले बताए। सो मेलामा रोजगार सम्बन्धी परामर्श सेवा तथा सुचना,सिपमुलक तालिम दिने संस्थाहरुको स्टल प्रदर्शन तथा तालिमबारे सुचना, रोजगार सम्बन्धी सुचना तथा रोजगार दाता संग प्रत्यक्ष सम्पर्क गराई रोजगारको अवसर सृजना गर्ने,स्थानिय उत्पादनको प्रदर्शन गराउने लगायतका रोजगार सम्बन्धी कार्य गरिने मेला सह संयोजक सेन्चुरीले बताए। 


वृत्ति मार्ग (करियर गाइडेन्स) निर्देशन तथा रोजगार सुचना मेला तिलोत्तमाका युवाहरुलाई अवसर रहेको र यो अवसरको भरपुर सदुपयोग गर्न नगरपालिकाका प्रमुख रामकृष्ण खाणले सुझाए।नगरपालिका युवाहरुको माग अनुसार विभिन्न क्षेत्रमा अघि बढेको जानकारी गराउंदै रोजगारीको अवसर र तालिमका लागि यो मेलाले ठुलो योगदान गर्ने नगरप्रमुख खाणले बताए।इन्स्योर परियोजनाको सहयोगमा नगरपालिकाले आयोजना गरेको सो रोजगार मेलामा रोजगार सम्बन्धि बिज्ञ, तालिम प्रदायक संस्था, रोजगार कम्पनि, उद्योग कलकारखानाका संचालक तथा प्रतिनिधीहरुको बाहुल्य उपस्थिति रहने छ।  


कमेन्ट गर्नुहोस्