लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको भूपू सैनिकमा मगर समुदायले ४१ औँ स्थापना दिवस धुमधामसँग मनाए

IMG

तिलोत्तमा,२०७९ फागुन १५।  तराईको जिल्ला रुपन्देहीको तिलोत्तमामा बसोवास गर्दै आएका मगर समुदायले आज (सोमवार) ४१ औँ स्थापना दिवस मनाएका छन् । ‘सम्पूर्ण मगरहरू एक होऔँ, भाषा, कला र संस्कृतिको संरक्षण गरौँ’ भन्ने नारासहित मगर समुदायले एक समारोहबीच आफ्नो स्थापना दिवस मनाएका हुन् । नेपाल मगर सङ्घको ४१ औँ स्थापना दिवसको अवसरमा आफ्नो जातीय भेषभूषामा सजिएका स–साना बालबालिका, किशोरकिशोरी, युवायुवती र वृद्धवृद्धाले लोपोन्मुख सोरठी, सालैजो, यानीमाया, मारुनी, सुनीमाया, ख्यालीभाका लगायतका पुर्ख्याैली गीत गाउँदै र नाच्दै तिलोत्तमाको वडा नम्बर ११ स्थित भूपू सैनिकमा धुमधाम मगर दिवस मनाएका छन् । मगर समुदायले जातीय भेषभूषमा सजिएर सांस्कृतिक र्‍यालीसहित सो स्थानको परिक्रमा गरेका थिए ।


स्थापना दिवसको अवसर पारेर नेपाल मगर तिलोत्तमा नगर समिति रुपन्देहीले विभिन्न रोमाञ्चक कार्यक्रमको आयोजना गरेको थियो । मगर समुदायमा रहेको लोपोन्मुख कला, संस्कृतिको संरक्षण तथा पहिचान गर्ने उद्देश्यसहित स्थापना दिवस मनाइएको नेपाल मगर सङ्घ तिलोत्तमा नगरका अध्यक्ष राधिका श्रीस मगरले बताउनुभयो । 

स्थापना दिवसमा मगर जातिको पहिचान झल्कने जातीय भेषभूषा, खानपान तथा सांस्कृतिक झाँकीसहितका कार्यक्रमहरू पनि भएकाे थियाे । भेषभूषा र झाँकीसहितको र्‍यालीमा मगर समुदायले आफ्नो हस्तकलाका सामानहरू प्रदर्शन गर्नुका साथै कलाकौशल पनि देखाएका थिए ।

कमेन्ट गर्नुहोस्