लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल-पाल्पा सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने

tillotmacitynews - 2023 Feb 21 11:20 PM
IMG

तिलोत्तमा,२०७९ फाल्गुण ९ गते। सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्ड अन्तर्गत दोभान–चिडियाखोला खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले फागुन १३ गते शनिबारदेखि दिउँसो र रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द गर्ने निर्णय गरेको हो । सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको काम रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न तत्कालका लागि १५ दिन राजमार्ग बन्द गरेर काम गर्न दिइने उनले बताए । सुरुङमार्ग पूर्वतयारीका लागि वैकल्पिक सडक व्यवस्थापन गरेर बिहान ११ बजेदेखि २ बजेसम्म र रातिको समयमा १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्