लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सानाकिसान देवदहद्वारा कृषकलाई तरकारीको बिउ वितरण

IMG

तिलोत्तमा,२०७९ माघ २९ गते।देवदह नगरपालिकाको कृषकहरुको संस्था सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहले सस्थामा संलग्न कृषकहरुलाई हिउँदे तरकारी बालीको बेर्ना बितरण गरेको छ । सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहले आइतबार कृषकहरुलाई आफ्नै कार्यालयमा बोलाएर हिउँदे तरकारीको बिउ तथा बेर्ना बितरण गरेको हो । संस्थाका सदस्यहरुलाई २ वटा निशुल्क र अन्य बिरुवामा सहुलियत तथा गैर सदस्यलाई ५० प्रतिशत सहुलियतमा कृषकहरुलाई हिउँदे तरकारी बालीको बिउ तथा बेर्ना वितरण गरिएको थियो ।


कृषकहरुको आत्मनिर्भरता र तरकारी बिक्री तथा उत्पादनबाट आर्थिक आय स्रोतमा बृद्धि होस् भन्ने उद्देश्यका साथ विभिन्न थरीका हिउँदे तरकारी बालीको बिउ बितरण गरिएको सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहकि अध्यक्ष टिका न्यौपानेले जानकारी दिईन। उनका अनुसार लौका, खरभुजा,काँक्रा, करेला, बोडी, भिन्डी, फर्सी र खुर्सानी लगायतका बेर्ना गरी १० थरीको हाईब्रेड तथा लोेकल जातका हिउँदे तरकारीको बिउ वितरण गरिएको हो । ‘कृषकहरुले निः शुल्क रुपमा पाएको तरकारीको बिउबाट धेरै भन्दा धेरै तरकारी उत्पादन गरी आर्थिक लाभ लिन अध्यक्ष न्यौपानेले आग्रह समेत गरिन् । 'प्रविधि युक्त खेती प्रणालीमा जव सम्म किसानहरु जान सक्नु हुन्न तव सम्म सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न कठिनाई हुन्छ’ उनले भनिन् ।

कमेन्ट गर्नुहोस्