लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

व्यवसायिक तरकारी खेती सम्बन्धि ५ दिने कृषक तालिम सम्पन्न

IMG

तिलोत्तमा,२०७९ माघ १९ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका -१४ स्थित दुर्गानगरका २ कृषक समूहले तरकारी खेती सम्बन्धि ५ दिने तालिम सम्पन्न गरेका छन्। तिलोत्तमा नगरपालिका कृषि शाखाको प्राबिधिक सहयोगमा सुर्य किरण तरकारी उत्पादन कृषक समूह र श्री नवदुर्गा  तरकारी उत्पादन कृषक समूहको आयोजनामा ६० बढी कृषकलाई तालिम दिइएको कृषि शाखा प्रमुख कृषि  अधिकृत दोमलाल भुसालले जानकारी दिनुभयो। 


माघ १५ गतेदेखि १९ गतेसम्म आयोजित तालिममा विज्ञका रूपमा अधिकृत दोमलाल भुसाल र रामप्रसाद खनालले सहजीकरण गर्नुभएको थियो भने कृषि सम्बन्धि विज्ञका रूपमा तेज नारायण गैरे, प्राबिधिकहरु अश्मिता ज्ञवाली र बिन्दु रायमाझीले सहयोग गर्नुभएको थियो ।तालिमका बारेमा बोल्दै प्रशिक्षार्थि कृषक रेणु थारु र कुशल भण्डारीले तालिम धेरै प्रभावकारी भएको र आब व्यवहारमा लागु गरेमात्र अर्गानिक उत्पादन र माटोको जैविक शक्ति बचाउन सकिने बताए। तालिमको अबधिमा धेरै प्राबिधिक कुरा सिक्न पाएको भन्दै आवको बेमौसमी खेतीका लागि पनि कृषक जागरुक भएको बताए। 


तालिमले कृषकको उत्पादन रुचिमा अझै आत्मविश्वास बढाएको र प्राबिधिक ज्ञान अझै बढेकोले कृषिको व्यवसायिक सफलता र आत्मनिर्भरमा अघि बढ्न बक्ताहरुले आग्रह गरेका थिए।सो अवसरमा तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष आश्विन पौडेल, कृषक समुहका उपाध्यक्ष नरिश्वर सापकोटा, टोल संजालका अध्यक्ष देव बहादुर बगाले,शैक्षिक सुधार समितिका संयोजक श्याम खरेल,समाजसेवी तथा कृषक टिकाराम पाण्डे,कृषि विज्ञ तेज नारायण गैरे, कृषक समुहका कोशाध्यक्ष शान्ता खरेल लगायतले बोल्दै तालिमले प्रबिधिमय कृषिका लागि कृषकमा नयाँ उर्जा थपेको बताएका थिए। व्यवसायिक तरकारी खेति कृषक तालिम : नगर प्रमुख कृषि कार्यक्रम अन्तर्गत तालिम पछि कृषक र कृषक समुहलाई तरकारी पकेट क्षेत्रका लागि बिऊ बिजन र हाते ट्याक्टर सहित कृषि औजार बिअतरण गरिएको थियो। 


कमेन्ट गर्नुहोस्