लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चितवनमा वटा गैँडा मृत फेला, साउनयता १० गैँडा मरे

tillotmacitynews - 2023 Jan 20 10:56 PM
IMG

तिलोत्तमा,२०७९ माघ ६ गते। चितवनमा दुई वटा गैँडा मारिएको अवस्थामा भेटिएका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । एउटा झण्डै चार वर्षको बच्चा गैँडा र अर्को झण्डै १४ वर्षको माउ गैँडा मारिएको अवस्थामा भेटिएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर २ सेहरी नजिकै नारायणी नदीको भङ्गालोमा दुईवटा गैँडा मरेको अवस्थामा भेटिएको उहाँले बताउनुभयो ।


बच्चा गैँडा विद्युतीय धरापमा परेको पाइएको र माउ गैँडाको खाग काटेर लगेको अवस्थामा भेटिएकाले दुवै गैँडा चोरी सिकारीले मारेको हुनसक्ने निकुञ्जले जनाएको छ ।घटनाका बारेमा अनुसन्धान सुरु गरिएको निकुञ्जले जनाएको छ । योसहित गएको साउनपछि चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा १० वटा गैँडा मरेका निकुञ्जको तथ्याङ्क छ। 

कमेन्ट गर्नुहोस्