तिलोत्तमा, पौष १८,२०७९ साल। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-२ को आयोजनामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरिएको छ। वडाले ज्येष्ठ नागरिकहरुको सम्मानमा वडा भित्र रहेका ८० बर्ष माथिका ज्येष्ठ नागरिक तथा तथा अपाङ्गता भएका १ सय ४ जना ब्यक्तीलाई सम्मान गरेको वडा सचिव अनिता शर्मा ज्ञवालीले बताउनुभयो।तिलोत्तमा नगरका प्रमुख रामकृष्ण खाणले ज्येष्ठ नागरिकहरु समाज र राष्ट्रका बहुमूल्य गहना भएको बताउँदै उनीहरुलाई सधैँ सम्मान गरिरहनुपर्नेमा जोड दिनुभयो। उहाँले नगरपालिकाले हरेक वडा–वडामा ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण गर्ने योजना र तयारी गरिरहेको जनाउँदै नगरले ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गहरुको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा कुनै कसुर बाँकी नराखी काम गरिरहेको बताउनुभयो।
सो अवसरमा बोल्दै नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले ज्येस्ठ नागरिक समाजको प्रतिष्ठा भएकाले उनीहरुले सिकाएको बाटोमा समाजको प्रगति र बिकासलाइ जोड्दै हरेक प्रेरणाको स्रोतको संरक्षण र सम्बर्द्धन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले हरेक नागरिक जस्तै उमेर पुगेका बृद्ध बृद्धाहरुले देखाएको बाटोमा सबै युवा अग्रसर भएर लाग्नुपर्ने समेत बताउनुभयो। वडा नम्बर २ का अध्यक्ष डिल बहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा सम्मानित ज्येष्ठ नगरिकहरुलाई दोसल्ला, हर्लिक्स बट्टा, च्याबन्प्राश बट्टा , यातायात खर्च तथा न्यानो माया समेत बितरण गरिएको थियो। स्थानिय क्लब, आमा समूह, सरोकारवाला लगायतको उपस्थिति रहेको सो कार्यक्रममा आफुहरुलाई सम्मान गरेकोप्रति ज्येस्ठ नागरिकहरुले आपसमा खुसि साटासाट गरेका थिए। तिलोत्तमा -२ स्थित वडा कार्यालयको भवन प्रांगणमा सम्पन्न कार्यक्रमको संचालन वडा सचिव अनिता शर्मा ज्ञवालीले गर्नुभएको हो।
कमेन्ट गर्नुहोस्