लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकामा सडक सामुदायिक कुकुर बन्ध्याकरण सुरु

IMG
तिलोत्तमा, पौष १७,२०७९ साल। तिलोत्तमा नगरपालिकाले सडक सामुदायिक कुकुर बन्ध्याकरण सुरु गरेको छ । युथ फर कन्जरभेशन सस्टेनेबल एग्रिकल्चर र तिलोत्तमा नगरपालिका को आयोजनामा आईतबार देखि बन्ध्याकरण सुरु भएको छ ।नगरपालिकाले बिगत देखिनै सामुदायिक कुकुर वन्ध्याकरण गर्दै आएको थियो । यस पटक नगर भित्रका विभिन्न वडा बाट ९० वटा कुकुरको बन्ध्याकरण गर्न लागिएको तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले बताए। अहिले ९० वटा कुकुरको बन्ध्याकरण गरिदै छ, यसरी नै नगरभित्र रहेका सामुदायिक कुकुरहरुको सर्वे गरेर तथ्याङ्क संकलन गरि वन्ध्याकरण शिविरको आयोजना गर्नु आवश्यकता रहेको नगरप्रमुख खाणले बताए । 

सो अवसरमा बोल्दै कुकुर वन्ध्याकरणका लागि प्राविधिक टिम बाहिरबाट नै मगाउनु पर्ने भएकाले अहिले युथ फर कन्जरभेशन सस्टेनेबल एग्रिकल्चरको सहयोगमा यो शिविर सञ्चालन गरिएको र निकट भविष्यमै यो संख्या बढाएर नगर क्षेत्र भित्रका सबै सामुदायिक कुकुरको लागि बृहत योजना बनाएको नगर उपप्रमुख जागेश्वर देवी चौधरीले बताईन। युथ फर कन्जरभेशन सस्टेनेबल एग्रिकल्चर संयोजक डा.तिलकराम भुषालले सडक सामुदायिक कुकुरको न्युनिकरण र रेविज उन्मुलनका लागि विश्वमा बन्ध्याकरण बाहेक अरु कुनै विधि नरहेको बताए । सो शिविर कार्यक्रममा तिलोत्तमा वडा नम्बर-९ का अध्यक्ष ध्रुव न्यौपाने, पशु शाखा तिलोत्तमाका राजु कुँवर मगर, युथ फर कन्जरभेशन सस्टेनेबल एग्रिकल्चरका डक्टर, स्वास्थ्य कर्मी तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।  


कमेन्ट गर्नुहोस्