लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बालबालिकाको क्षमता अभिवृद्धि मानबिय बिकासको आधार हो : उपप्रमुख जगेश्वर देवी चौधरी

IMG

तिलोत्तमा, पौष १६,२०७९ साल। बालबालिकाहरुको क्षमता अभिवृद्धि सम्बन्धि २ दिने तालिम रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ चार नम्बरमा सम्पन्न भएको छ । बालमैत्री समिती तिलोत्तमा नगरपालिकाको आयोजनामा सम्पन्न भएको तालिम दुई सम्म संचालन भएको हो ।


तिलोत्तमा नगरपालिका वडा नम्बर-८ का अध्यक्ष तथा बालमैत्री समितिका सभापति कृष्ण प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उप प्रमुख जगेश्वर देवी चौधरी प्रमुख अथिती रहनु भएको थियो। कार्यक्रममा प्रमुख अतिथी तिलोत्तमा नगरपालिका उप प्रमुख चौधरीले बालबालिकाको चौतर्फी बिकासको लागी तिलोत्तमा नगरपालिका एक दमै कटिबद्ध भएर लागेको बताउनुभएको छ। बालबालिकाको क्षमता अभिवृद्धि मानबिय बिकासको आधार भएको बताउदै उहाँले बालबालिका भबिष्यका कर्णधार भएको हुदा कुलत र दुव्र्यसनबाट टाढा रही समाजको बिकासमा एकबद्ध रहन पनि बालबालिकाहरुलाई आग्रह गर्नुभयो।


दुई दिने क्षमता अभिवृद्धि तालिममा बालबालिकाहरुलाई बाल क्लबको वैधानिकता,बाल क्लबका पदाधिकारीहरुको काम कर्तव्य ,स्थानिय सरकारसंगको समन्वय,कानुनी सुरक्षा, बाल विबाह न्युनिकरण, उद्घोषण, कार्यक्रम संचालनका प्रक्रिया, माइन्युट लेखन सम्बन्धीका कुराहरू सिक्न पाउँदा आफुहरु खुशी भएको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ बाल संजालका प्रशिक्षार्थिहरु मिलनबाल क्लबका अध्यक्ष तथा वडा बाल संजालका सचिव सुमित भण्डारी र वडा बाल संजालकि सदस्य तथा जनभावना मावि बाल संजालका अध्यक्ष स्मृती गौडेलले बताएका छन।


तालिमको सहजिकरण अधिबक्ता दिनेश घिमिरे, तिलोत्तमा नगरपालिकाका सुचना प्रबिधि शाखाका मोहन न्यौपानेले नगरका बालबालिकाहरुलाई क्षमता अभिवृद्धि सम्बन्धि २ दिने तालीम दिएका थिए । तालिमको समापन समारोहमा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर-८ का अध्यक्ष तथा बालमैत्री समितिका सभापति कृष्ण प्रसाद पौडेलले बालबालिकाको सर्बाङ्गिण बिकासका निम्ति आफुहरु लागिपरेको र यस्ता तालिमले समाजमा चेतना संगै लिडरशिपको लागि समेत सहयोग पुग्ने बताउनुभयो।  सोहि कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बाल मैत्री स्थानिय शासन लागु भैसकेको नगरमा बाल बालिकालाई देशकै उदहरणिय बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो।  कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का बालमैत्री सम्पर्क व्यक्ति खुम बहादुर खासु मगर, वडाका सबै जनप्रतिनिधीहरू, बाल संजाल वडा नम्बर ८ का १२ समुहका प्रतिनिधी, सरोकारवाला तथा पत्रकार लगायतको सहभागीता रहेको थियो ।


तालिममा तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का १२ वटै संजाल समुहका ४० बढी बालबालिकाहरुको सहभागीता रहको थियो भने सहभागी बाल बालिकाहरुलाई प्रमुख अथिती र कार्यक्रमका अध्यक्ष तथा बिशिष्ट अतिथिले प्रमाण समेत वितरण गरेका थिए ।तिलोत्तमा नगरपालिका स्थित करहिया मक्रहर खानेपानी सरसफाई उपभोक्ता संस्थाको सभाहलमा सम्पन्न सो कार्यक्रमको संचालन बालमैत्री सहजकर्ता रमा थापाले गर्नुभएको थियो भने संयोजन वडा सचिव शिवु पाण्डेले गर्नुभएको थियो। 



कमेन्ट गर्नुहोस्