लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकाको मैत्रीपूर्ण खेलमा कर्मचारी बिजयी, मोहनको गोल निर्णायक

IMG

तिलोत्तमा, पौष ९, २०७९। तिलोत्तमा नगरपालिका को आयोजनामा १ दिनमै सम्पन्न हुने गरी जनप्रतिनिधी र कर्मचारी बिचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षता तथा नगर उपप्रमुख जगेश्वर देवी चौधरीको  प्रमुख आतिथ्यता रहेको सो प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल,अतिथिहरु एन्फा लुम्बिनी प्रदेशका लोक पुन,झरना स्पोर्ट्स क्लबका अध्यक्ष गङ्गा प्रसाद राना,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गङ्गाराम आचार्य, विभिन्न सबै वडाका वदाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु,एन्फा रेफ्रीहरु र वडा तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।  


आज सम्पन्न नगरपालिका कर्मचारी समुह भर्सेस प्रधानाध्यापक समुहबिचको खेलमा कर्मचारीबाट राजु शर्माले २ गोल , मोहन न्यौपानेले १ गोल, हरि खतिवडाले १ गोल, र रमेश बश्यालले १ गोल गरि जम्मा ० का बिरुद्ध ५ गोल गरेका थिए। त्यस्तै दोस्रो सम्पन्न खेलमा जनप्रतिनिधि पुरुष समुहले वडा कर्मचारी समुहलाई शुन्य का बिरुद्ध २ गोल गरेका थिए। सो २ गोल जनप्रतिनिधिको तर्फ बाट मिलन राना ले गर्नुभएको थियो। त्यस्तै नगरपालिका कर्मचारी समुह भर्सेस स्वास्थ्यकर्मी कर्मचारी समुहको तेस्रो खेलमा नगरपालिका कर्मचारी समुहले ० का बिरुद्ध २ गोल गरी अग्रता कायम गरेको हो। नगरपालिका कर्मचारी समुहको तर्फ बाट बिष्णु बराल र पदम प्रसाद पाठकले १/१ गोल गरेका थिए।आजै सम्पन्न महिला समूह अन्तर्गतको कर्मचारी महिला समुह र नगरपालिका कर्मचारी समुहबिचको खेलमा कर्मचारी महिला समुहले ० का बिरुद्ध २ गोल गरि बिजयी भएको थियो।कर्मचारी महिला समुहको तर्फबाट शान्ता बिक र बसन्ता भुसालले १/१ गोल गरेका थिए। सोहिक्रममा फ़ाइनलका लागि भिडन्तमा पुगेको जनप्रतिनिधि पुरुष समुह भर्सेस नगरपालिका कर्मचारी समुहबिचको रोमाञ्चक खेलमा जनप्रतिनिधिको तर्फबाट र कर्मचारीको तर्फबाट आत्मघाती १/१ गोल भएको थियो भने कर्मचारीको तर्फबाट पछि जर्सी नम्बर २० का मोहन न्यौपानेको अर्को गोल फाइनल खेलको निर्णायक गोल बन्यो। 


कार्यक्रमको पुर्बसंध्यामा बिजयी कर्मचारी समूह नगरपालिका पुरुष र कर्मचारी समूह महिला र उपविजेता जनप्रतिनिधि महिला र पुरुष समूहका सबै खेलाडीहरुलाई मेडल शिल्ड प्रदान गरिएको थियो।सो कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले खेलले मानिसलाई एक अर्का संग जोड्दै स्वस्थ स्फुर्त र आपसी भाइचारा बढाउने भएकाले यस्ता प्रतियोगिताको आयोजनाले कर्मचारी र जनप्रतिनिधीबिच आपसी सम्बन्ध झन् प्रगाढ भएको र काम गर्न पनि सहज हुने बताउनुभयो। सो अवसरमा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले नगरपालिका परिवारको आपसी चिनजान र खेलको माध्यमबाट स्वास्थ्यका लागि समेत उपयोगी हुने भएको र रमाइलोका लागि समेत खेललाई लिइने हुँदा खेल खेल्न र हेर्न समेत अत्यन्त रमाइलो अनुभूति भएको बताउनुभएको छ।  त्यसो त कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सबै बिजेतालाइ बधाई दिदै आगामी जिबनको शुभकामना सहित खेलमा सरिक भएर प्रतियोगिता सफल बनाउन अहम भूमिका खेल्ने सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको औपचारिक संचालन पहिलो सत्रमा सुदिप ढकाल र दोस्रो सत्रमा कार्यपालिका सदस्य सुरेन्द्र श्रीले गर्नुभएको थियो।  


कमेन्ट गर्नुहोस्