
तिलोत्तमा, पौष ६ गते २०७९। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण नगरपालिका संघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।काठमाडौंमा सम्पन्न नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशनबाट उनी सर्बसम्वत रुपमा निर्वाचित भएको हुन् । अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन भएका छन् ।देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।
कमेन्ट गर्नुहोस्