लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शनिबार बुटवलदेखि नुवाकोट डाँडासम्म पदयात्रा हुने

tillotmacitynews - 2022 Dec 16 06:37 PM
IMG

तिलोत्तमा,२०७९ पौष १ गते । बुटवलदेखि नुवाकोट डाँडासम्म पदयात्रा हुने भएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी  प्रदेशले भोलि बुटवलको फूलबारीस्थित नुवाकोट प्रबेश द्वारदेखि ऐतिहासिक स्थल नुवाकोटसम्म पदयात्रा आयोजना गरेको हो । बिहान ६:३० बजे पदयात्रा शुभारम्भ हुने जनाइएको छ ।


‘पर्यटनको लागि हामी, हाम्रो स्वास्थ र पदयात्रा’ भन्ने उद्धेश्यका पदयात्रा गरिने नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले नागरिक अनलाइनलाई बताउनुभयो । पछिल्ला वर्षमा विदेशी मात्र नभई नेपाली युवामा पनि पदयात्राप्रति आकर्षण बढेको कार्यक्रम संयोजक गणेश भट्टराइले बताउनुभयो । 


नुवाकोटमा अहिले  केबलकार , होटेल तथा रिसोर्टहरु धमाधम निर्माण  भैरहेका छन् । बुटवलदेखि करिब ३ किलोमिटरको दुरिमा रहेको यो मार्गबाट पदयात्रा गर्दै २ घन्टामा नुवाकोट सहजै पुग्न सकिन्छ ।कार्यक्रममा सहभागिता जनाउन नाट्टा लुम्बिनीले सबैलाई अनुराेध गरेको छ ।

कमेन्ट गर्नुहोस्