लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘सहज न्याय प्राप्तीको लागि सामुहिक रुपमा लाग्नुपर्ने’: अपाङ्गता विशेष सार्बजनिक सुनुवाई

IMG

तिलोत्तमा, २०७९ मङ्सिर १६ गते । अपाङ्गता भएका व्याक्तिहरुको न्यायमा सहज पहुँचताका लागि सबैले हातेमालो गर्नुपर्ने  एक कार्यक्रका सहभागीहरुले जोड दिएका छन् ।राष्ट्रिय अपाङ्ग महासंघको आयोजनामा बुटवलमा भएको ‘न्यायमा पहुँच ’ सम्बन्धी सार्वजनिक सुनवाइ÷ संवाद कार्यक्रममा बोल्दै  अधिकांसले सहज न्याय प्राप्तीको लागि सामुहिक रुपमा लाग्नुपर्ने बताएका हुन ।


राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै  उच्च अदालत तुलसीपुर बुटवल ईजालास रजिष्ट्रार अच्युत कुईकेलले अपाङ्गता हुदैमा संविधान तह व्यवस्था गरिएको न्यायमा सहज पहुँचताका लागि  आफ्नो  सहयोग कुनै पनि कमी नहुने बताएका थिए ।


कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख  सोमनाथ सुवेदीले अपाङ्गता भएका व्याक्तिहरुको न्यायका लागि प्रहरी, प्रशासन तथा अन्य निकायले समेत समस्याको सुनवाई नगरेमा आफुहरुले यो विषयलाई गम्भिररुपमा लिएर काम कारवाही  अगाडी बढाउने प्रतिवद्धता जनाएका थिए । नेपाल बार एशोसीयसन उच्च अदालत तुलसीपुर  बुटवल ईजालास एकाई अध्यक्ष कैलाश चन्द्र ज्ञवालीले नेपाल बारले अपाङ्गताको मुद्धा हेर्नेको लागि निःशुल्क व्यवस्था गर्ने समेत प्रतिवद्धता जनाएका थिए  । उनले यसको  लागि बारका सदस्य सदस्यहरुलाई समेत भनेर अपाङ्गता हिंसा पिडीतहरुको सेवाका लागि बारले निःशुल्क वकालन गर्ने प्रतिवद्धता जनाएका हुन ।


कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका सहायक प्रहरी निरिक्षक निर बहादुर थापाले अपाङ्गता सम्बन्धी हिंसा वा कुनै पनि पिर मर्का परेको वखतमा प्रहरी कन्ट्रोल नम्बर १०० मा तत्काल फोन गरेर जानकारी दिनको लागि आग्रह गरे । उनले यसरी प्रहरीले तत्काल  सम्बन्धीत स्थानमा गएर समस्या समाधान गर्ने बाटोमा लग्ने प्रतिवद्धता जनाए ।


प्रहरी लाई आफ्नो साथी जस्तै ठानेर  सोही अनुसारको सेवा प्रवाहमा सहजीकरण र आफुमा भएको समस्या जानकारी दिनको लागि उनले आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले  अपाङ्गता हुदैमा कोही कमजोर नहुने भन्दै यसको लागि आफुमा भएको प्रतिभा वा पिर मर्का वाहिर ल्याउन आवश्यक भएको बताए ।  


कार्यक्रममा  राष्ट्रिय अपाङ्ग महासंघ नवनिर्वाचित संघीय परिषद् सदस्य सावित्रा घिमिरे, शिला क्षत्री, महासंघ लुम्बिनी प्रदेश सचिव सन्तोष पन्थी,   महासंघ लुम्बिनी प्रदेश अधिकृत गोमा पन्थी, परियोजनाका सरोजा भण्डारी लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रमा शुस्तमनस्थी भएका व्याक्ति  तथा अभिभावक,   शारिरिक अपाङ्गता भएका व्याक्तिहरु, दृष्टिविहिन, बहिरा, हेमोफेलिया भएका सहित विभिन्न अपाङ्गता भएका व्याक्तिहरुको सहभागीता रहेको थियो ।  अपाङ्गता भएका व्याक्तिहरुको न्यायमा पहुँच सम्बन्धी परियोजना  सिविएमको संयोगमा राष्ट्रिय अपाङ्ग महासंघले सञ्चालन गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्