लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शीतल चौपारीमा नियमित बिहानी नृत्य तथा व्यायाम, मगरबाजाले सहभागीमा रौनक

IMG

शंकरनगर। रुपन्देहीको तिलोत्तमा–२ स्थित शीतल चौपारी व्यवस्थापन समितिले सञ्चालन गर्दै आएको नियमित बिहानी नृत्य तथा व्यायाम कार्यक्रमअन्तर्गत आज मगर बाजा समूहको प्रस्तुतिमा जुम्बा नृत्य तथा व्यायाम कार्यक्रम सम्पन्न भएको छ।स्वस्थ जीवनशैली, शारीरिक तन्दुरुस्ती तथा आपसी भेटघाटलाई प्रोत्साहन गर्ने उद्देश्यले दैनिक बिहान सञ्चालन हुँदै आएको कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता रहने गरेको छ। बिहान ४ः३० बजेदेखि सुरु हुने कार्यक्रम ६ बजेसम्म सञ्चालन हुने गर्दछ।


कार्यक्रममा मगर बाजा समूहको प्रस्तुतिसँगै सहभागीहरूले जुम्बा नृत्य तथा विभिन्न शारीरिक व्यायाम गरेका थिए। बिहानैदेखि चौपारीमा भेला भएर नृत्य तथा व्यायाम गर्ने कार्यक्रमले स्थानीयवासीमा सकारात्मक ऊर्जा र स्वास्थ्यप्रति सचेतना बढाउन सहयोग पुगेको सहभागीहरूले बताएका छन्।शीतल चौपारी व्यवस्थापन समितिका संयोजक क्याप्टेन नरबहादुर कार्कीको संयोजनमा सञ्चालन हुँदै आएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणसमेत नियमित रूपमा सहभागी हुने गर्नुभएको छ।


दैनिक रूपमा सञ्चालन हुने यस कार्यक्रमले शीतल चौपारीलाई बिहानको समयमा व्यायाम, मनोरञ्जन र सामाजिक भेटघाटको साझा स्थलका रूपमा विकास गर्न सहयोग पुर्‍याएको छ।                                                                

कमेन्ट गर्नुहोस्