लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बब्लुलाई पछी पार्दै रुपन्देही ४(१) मा लोसपाका कन्हैया विजयी

tillotmacitynews - 2022 Nov 22 11:25 PM
IMG

तिलोत्तमा सिटी न्युज, २०७९ मङ्सिर ६ गते।रुपन्देहीको प्रदेश सभा सदस्य ४(१) मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी भएका छन ।कुल ३५ हजार ५ सय ७७ मत खसेकोमा बनियाले १५ हजार १ सय ३७ मत ल्याइ विजयी भएका हुन ।


उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु) ले ९ हजार २ सय ५३ मत पाएका छन । यस्तै नेपाली कांग्रेसका अष्टभुजा पाठकले ८ हजार २७ मत पाएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्