
तिलोत्तमा सिटी न्युज, कार्तिक २९ गते २०७९।प्रतिनिधि सभा र प्रदेस सभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्माचारी मतदान केन्द्रमा खटिएका छन् । सदरमुकाम भैरहवास्थित जिल्ला निर्वाचन कार्यलयबाट मतदान अधिकृतसहित सबै कर्मचारी मतदानका लागि आवश्यक ७२ प्रकारका सामाग्री बोकेर कार्य क्षेत्र लागेका हुन् ।
मतपेटिका, छेकबारा, स्वस्तिक छाप पितल(रबर, स्यानिटाइजर, मास्क, कैची, नेपाली कागज, फोटोकपि पेपर, डोरी, कलम, ग्लु स्टिक, सोसरलगाएतका ७२ प्रकारका चुनावी सामाग्री कर्माचारीले बुझेका छन् । ७२ मध्ये निर्वाचन आयोगले ५७ प्रकारका सामाग्री पठाएको छ । आयोगले दिएको जिम्मेवारी अनुसार जिल्ला निर्वाचन कार्यलयले १५ प्रकारका सामाग्री व्यवस्थापन गरेको जिल्ला निर्वाचन कार्यालयले जानेको छ ।निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले मतदान स्थलको सुरक्षा संवेदनशीलताको आधारमा तीन घेराको चुनावी सुरक्षा योजना बनाएको छ।
कमेन्ट गर्नुहोस्