
तिलोत्तमा, २०७९ साल ५ कार्तिक। रुपन्देही क्षेत्र नं १ 'ख' बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार अब्दुल रज्जाकले रुपन्देही क्षेत्र नं १ का पुर्व सांसद झुट बोल्न माहिर रहेको बताएका छन् । पुर्व सांसद छविलाल विश्वकर्मा तर्फ संकेत गर्दै उनले यस क्षेत्रमा आफुले पहल गरेर पारेको बजेट र आफुले थालनी गरेका आयोजनाहरू समेत विश्वकर्माले आफुले गरेको भनेर झुट बोलेको बताएका हुन् ।
दिपावली तथा छठ पर्वको अवसरमा नेपाली कांग्रेस रोहिणी गाउँपालिका द्वारा आयोजना गरिएको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै रज्जाकले पुर्व सांसदले रोहिणी गाउँपालिका क्षेत्रमा विकास निर्माणका कुनैपनी कार्यहरु नगरेको र जनतालाई झुठो आस्वासन बाडेको आरोप लगाए ।आफुहरुले आश्वासन नदिने र लोकतन्त्रको रक्षाका तथा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सबै विकास निर्माणका काममा जनताको साथमा रहेर काम गर्ने बताउँदै उनले गठबन्धनलाई मतदान गर्न अनुरोध गरे ।सो क्रममा झुटो आस्वासन दिएर मत माग्न आउनेबाट सतर्क रहन समेत उनले आग्रह गरेका थिए ।
कमेन्ट गर्नुहोस्