
तिलोत्तमा, २०७९ असोज २६ गते। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले ‘सिरिञ्ज’ चुनाव चिह्न पाएका छन्।निर्वाचन अधिकृतको कार्यालयले बुधबार ढकाललाई ‘सिरिञ्ज’ चुनाव चिह्न दिएको हो। गुल्मी बाट हाल बुटवलमा बस्दै आएका ढकाल दुई महिनादेखि डडेल्धुरामा चुनाव प्रचारका क्रममा छन्। देउवाविरुद्ध ढकालसहित एमालेको समर्थनमा नेपाली कांग्रेस बीपीका कर्ण मल्ल पनि मैदानमा छन्।
कमेन्ट गर्नुहोस्