लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भैरहवाबाट काठमाडौँका लागि उडेको विमान जनकपुरमा अवतरण

IMG

तिलोत्तमा सिटी , २०७९असोज २०।  भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एअरको विमान ३ घण्टा पछि मात्र काठमाडौमा अवतरण गरेको छ । मौसमको खराबीका कारण काठमाडौंमा अवतरण हुन नसकेपछि सो विमानलाई जनकपुरमा अवतरण गराइएको थियो । खराब मौसमका कारण काठमाडों विमानस्थलले इयर ट्राफिक जाम भएको सूचनाका आधारमा जनकपुरमा अवतरण जनकपुरमा अवतरण गराइएको बताइएको छ ।


बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो । सो विमान १०ः२५ मा मात्र काठमाडौंमा अवतरण गरेको छ । झण्डै १ घण्टा बढी जनकपुर विमानस्थलमा विमान होल्ड गरिएको बुद्ध एअरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्