
तिलोत्तमा सिटी , २०७९असोज ११। भद्रकाली दुर्गा मन्दिर संरक्षण संस्था, तिलोत्तमा- ८, शान्तिनगर, रूपन्देहीको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । उक्त साधारण सभा तथा अधिवेशन मन्दिर समितिका अध्यक्ष खेमराज भण्डारीको अध्यक्षता , नवलपरासी जिल्ला न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको प्रमुख आतिथ्यता तथा तिलोत्तमा नगरपालिका वडा नं ८ का वडा सदस्य कमला पराजुलीको विशिष्ट आतिथ्यतामा सम्पन्न भयो । सो साधारण सभामा बोल्दै प्रमुख अतिथि ईश्वरी प्रसाद भण्डारी, संस्थाका सल्लाहकार हेमलाल ढकाल , विशिष्ट अतिथि कमला पराजुलीले साधारण सभा तथा अधिवेशनको सफलताको कामनासहित शुभकामना मन्तव्य राख्नु भयो ।
उक्त कार्यक्रममा संस्थाका तदर्थ समितिका अध्यक्ष खेमराज भण्डारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्षको प्रतिवेदन गंगाराम पाण्डेले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभयो । उक्त अधिवेशनबाट संयोजक रहनुभएका खेमराज भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ।सो कार्यसमितिको उपाध्यक्षमा घनश्याम न्यौपाने, सचिव डिल्लीराज भण्डारी, कोषाध्यक्ष गंगाराम पाण्डे र सदस्यहरूमा विमला रोकाहा हिताङ , सीता पाण्डे, प्रभा न्यौपाने, तुल्सीराम भण्डारी तथा पुजन भण्डारी रहनुभएको छ।उक्त कार्यक्रम सञ्चालन तदर्थ समिति सदस्य डिल्लीराज भण्डारीले गर्नुभयो ।
कमेन्ट गर्नुहोस्