लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मनास्लुमा हिमपहिराे (अपडेट) : १ जनाकाे ज्यान गयाे, घाइते २ जनाकाे हेलिकप्टरबाट उद्धार

tillotmacitynews - 2022 Sep 26 10:01 PM
IMG

तिलोत्तमा सिटी , २०७९असोज १०। गोरखाको मनास्लु हिमालमा गएको हिमपहिरोमा परि एक जनाको ज्यान गएको छ । हिमपहिरोमा परि घाइते भएका १५ जनामध्ये एक जनाको ज्यान गएको जानकारी प्राप्त भएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिनुभयो ।


घाइते भएका सबैलाई तेस्रो शिविरमा लगिएकोमा त्यहाँबाट दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको छ । बाँकीको उद्धार गर्ने प्रयास गरिएको भए पनि खराब मौसमका कारण हेलिकप्टर जान नसकेको निर्देशक खतिवडाले बताउनुभयो । १० जनाको अवस्था सामान्य छ ।तेस्रो शिविरमा हिमपहिरोको जोखिम नभएको र त्यहाँ खान, बस्न तथा प्राथमिक उपचारको व्यवस्था भए पनि थप उपचारका लागि उद्धार आवश्यक पर्छ । उद्धारका लागि तीन वटा हेलिकप्टर र उद्धारकर्मीहरू सामा गाउँमा तयारी अवस्थामा रहेका पनि निर्देशक खतिवडाले बताउनुभयो ।


यसैबीच आजै मनास्लु हिमालमा एक जना विदेशी नागरिक हराएका छन् । तर उनी हिमपहिरोमा परेर नभइ 'स्की' खेल्ने क्रममा खोँचमा फसेर हराएका पर्यटन विभागका निर्देशक खतिवडाले बताउनुभयो ।पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद् ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् । यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल आरोहणका लागि ५८ आरोही समूहका पाँच सय ६ जनाले आरोहण अनुमति लिएका छन् । 

फाइल फाेटाे : पूर्णिमा श्रेष्ठकाे फेसबुकबाट

कमेन्ट गर्नुहोस्