
तिलोत्तमा सिटी , २०७९ असोज ८। रुपन्देहीको तिलोत्तमा–१४, सुपौली स्थित बाउन्नकोटी खेलमैदानमा हाल प्रथम समपुर्ण कप फुटबल प्रतियोगिता जारी छ ।गाउँघरकै युवाहरुको सक्रियतामा सुचारु समपुर्ण कप र समपुर्ण युवा क्लबले सुपौलीलाई खेलकुदको शून्यबाट शुरु गरेर हब बनाउने योजनामा जुटेको छ । क्लब कै सक्रियतामा हाल मैदानको केही भागमा कृत्रिम प्रकाश (लाईट) पनि जडान गर्ने कार्य शुरु भएको छ । समपुर्ण युवा क्लबका अध्यक्ष झबिलाल थापा भन्छन् ।
‘मैदानमा बिहान, साँझ आवतजावत गर्ने र फुटबल अभ्यास र प्रशिक्षण गर्ने खेलाडीहरु भाईहरुलाई सहजता होस भन्ने हाम्रो चाहना थियो । त्यसलाई थोरै भए पनि पुर्णता पाएको छ ।’समपुर्ण कप कै प्रचार प्रसार संयोजक रहेका रवि अर्याल पनि यो कुरामा सहमत छन् । कृत्रिम प्रकाशले मैदानमा धेरैलाई सहजता थप्ने उनको विश्वास र ठम्याई छ । ‘खराब प्रकाशमा खेलाडी भाईहरुलाई अब अभ्यास गर्न असहजता नहोला ।’ अर्यालले भने ।मैदान पनि खेल्न योग्य रहेको र यसलाई उचित व्यवस्थापन गर्न सके यसले सुपौली कै छुट्टै पहिचान बनाउने स्थानीयको पनि बुझाई छ । यो अभियानमा सुपौलीका सबै युवाहरु, शुभेच्छुकसँगै स्थानीयको पनि बलियो साथ रहने समपुर्ण युवा क्लबको विश्वास पनि छ ।
कमेन्ट गर्नुहोस्