लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरका जनप्रतिनिधि, प्राबिधिक र सचिवलाई अभिमुखीकरण तालिम

IMG

तिलोत्तमा सिटी , २०७९ असोज ८। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिका लागि योजना तथा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबारदेखि सुरु भएको छ।योजना प्रशासन तथा अनुगमन शाखाको सहजीकरण र योजना शाखाको व्यवस्थापनमा तिलोत्तमा नगरपालिकाले दुई दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो। अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख रामकृष्ण खाणले स्थानीय तहलाई बलियो बनाउन र गुणस्तर युक्त कार्य सम्पादन भनेकै समयमा पुरा गर्नको लागी जनप्रतिनिधिको साथसाथमा कर्मचारीको समेत क्षमता बढाउन आवश्यक रहेको बताए।


उनले यसअघि स्थानीय तहमा कमसल काम बढी देखिएकाले त्यसलाई शून्यमा झारेर सुशासन पारदर्शिता र गुणस्तर युक्त कार्यसम्पादन कायम राख्न जनप्रतिनिधि जनताप्रति जिम्मेवार र जवाफदेही हुनुपर्ने धारणा व्यक्त गरे। उनले स्थानीय तहमा देखिएको भ्रष्टाचार, अनियमिता र अपचलनलाई रोक्न अनुगमनलाई प्रभावकारी रुपमा अगाडी बढाएर काम गर्नुपर्ने समेत उल्लेख गरे। उनले भने, “जनताको सेवा र सुबिधाको लागी सेवक भएर काम गर्न आएपछि इमान्दार भएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो। 


त्यस्तै सोही कार्यक्रमको उद्घाटन स्तरमा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले दिगो बिकास , शान्ति, सुशासन र समृद्धिको परिकल्पनामा नगरलाई सबैको सहयोगले अघि बढाउनु पर्ने बताउँदै छिटोछरितो र गुणस्तरीय सेवा दिएर जनताको मन जित्नुपर्ने बताउनुभयो।उहाँले आफुमा भएका सिकाइ र अनुभव आदानप्रदान गरी काम गर्न सकिने सुझाव दिँदै यो अभिमूखीकरण पाँच वर्षे कार्यकालका लागि दिग्दर्शन हुने बताए।


कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले कर्मचारीको गल्ति गर्ने छुट कसैलाई नभएकोले नगरपालिकाले छूट्ट्याएको विभिन्न योजना र कार्यक्रम संचालनमा प्रभावकारी ढंगले अघि बढ्न आग्रह गर्नुभयो। बिकास निर्माणका काम जनताले पनि थाहा पाउने गरि हुनुपर्ने उल्लेख गर्दै जनताको असन्तुस्टि हुने गरि काम नगर्न आग्रह समेत गर्नुभयो। दुईदिन सम्म चल्ने अभिमूखीकरण कार्यक्रममा तिलोत्तमा नगरपालिकाका १७ वडाका वडा अध्यक्ष ,कार्यपालिका सदस्य, सदस्यहरु, योजनाका प्राबिधिक, र वडा सचिवहरुको सहभागिता रहेको छ ।



कमेन्ट गर्नुहोस्