
तिलोत्तमा सिटी , २०७९ असोज ६। विश्व रेबिज दिवसको अवसरमा तिलोत्तामामा रेबिज बिरुद्धको अभियान थालिएको छ। नेपाल पाराभेटिनरी एन्ड लाइभस्टक एसोसिएसन रुपन्देहीको समन्वयमा तिलोत्तमा नगरपालिकाले नगरका सबै घरपालुवा र भुस्याहा कुकुरहरुलाई निशुल्क रेबिज बिरुद्धको खोप लगाउने गरी सो अभियान थालिएको हो। नगरको तिलोत्तमा २ वडामा रहेको पशु स्वास्थ्य शाखामा आज एक औपचारिक कार्यक्रम गर्दै कार्यक्रम नगरप्रमुख रामकृष्ण खाणले समाजमा रहेका सबै कुकुरलाई सुरक्षित बनाउन र मानव स्वास्थ्यको ख्याल गर्दै सामाजिक कार्यमा अगाडी बढ्न सबैलाई आग्रह गर्दै रेबिज बिरुद्धको यो अभियानमा सरिक हुन र सबौइको सहयोगले मात्र रेबिज रोग बाट टाढा हुन सकिने बताउनुभयो । उहाँले रेबिजको त्यस्तो कुनै औषधि फेला नपरेकोले भुस्याहा कुकुर मात्र नभई रेबिज भएका पशु जन्य चौपायाबाट सर्ने रोग बात बच्न सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमकान्त चापागाईंले पछिल्लो समय तिलोत्तमा नगरपालिकाले समजपयोगी कात्यहरु गर्दै आएकोमा कुकुर बाट ग्रसित समाजलाई सहयोग पुग्ने बताउनुभयो। त्यस्तै सोहि कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले १ हप्ता सम्म चल्ने यो अभियानमा सबै गाउँ गाउँ टोल टोल बाट सबै कुकुरहरुलाई भ्याक्सिन लगाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले कुकुरपाल्ने घर परिवार र बाटोमा सामाजिक कुकुरहरुलाई समेत सुरक्षित बनाउन सबैले सहयोग गरि भ्याक्सिन लगाउन हातेमालो गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा विशिष्ट अतिथी डा लक्ष्मण घिमिरे,वडा नम्बर १ का अध्यक्ष फर्शुराम गिरी, वडा नम्बर २ का अध्यक्ष डिल बहादुर भट्टराई, वडा नम्बर ३ का अध्यक्ष कल्याण पौडेल, वडा नम्बर ४ का अध्यक्ष हरि बहादुर क्षेत्री, वडा नम्बर ५ का अध्यक्ष रमेश डुम्रे लगायतको सहभागिता रहेको थियो। रेबिज बिरुद्धको सो अभियानमा सहयोगीको रुपमा अल केयर नेपाल, नेपाल पाराभेटिनरी एन्ड लाइभस्टक एसोसिएसन रुपन्देही रहेका छन्। शाखाका प्राबिधिक गोविन्द खनालको स्वागत बाट शुरु सो कार्यक्रम पशु शाखा प्रमुख राजु कुवरले संचालन गर्नुभएको हो।
कमेन्ट गर्नुहोस्