
तिलोत्तमा सिटी , २०७९ असोज ६। निर्वाचन आयोगले कर्मचारीको सरुवा नगर्न र सरुवा भइसकेका कर्मचारीलाई पनि तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ ।४ मंसिरमा हुने चुनावका लागि अस्थायी मतदाता नामावली संकलनको कार्य सुरु भइसकेको भन्दै आयोगले अब कर्मचारी सरुवा हुँदा आफ्नो काममा बाधा पुग्ने बताएको छ ।आयोगले कुनै कर्मचारीको सरुवा गर्नै पर्ने भए पूर्व स्वीकृती लिन पनि भनेको छ ।यसअघि सरुवा भइसकेका तर रमाना लिन बाँकी कर्मचारीलाई पनि तत्काल रमाना दिएर सरुवा भएको स्थानमा पठाउन आयोगले निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।
कमेन्ट गर्नुहोस्