लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

९ करोड लगानीमा बन्यो पशुपति संग्रहालय

tillotmacitynews - 2022 Aug 22 07:24 PM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ ६ गते २०७९।  पशुपति क्षेत्रमा संग्रहालय निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको पशुपति संग्रहालय तथा महास्नान भवनको उद्घाटन गरेका छन् ।संग्रहालयमा धार्मिक महत्वका सुनका जलप लगाइएका मूर्ति, तामा/पित्तल/ढलौटका मूर्ति, ढुंगाका प्रस्तरकला, संस्कृति झल्काउने भेषभूषा, गरगहना, मुकुण्डो एवम् पुरातात्विक महत्वका काष्ठकला, चित्रकला, मूर्तिकला, लिञ्छिविकालीन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तक, प्राचीन मुद्रा तथा मूर्त-अमूर्त सम्पदाका सामग्री राखिएका छन् ।कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकासका लागि सांस्कृतिक सम्पदा संरक्षण र सम्वर्द्धन गर्नुपर्ने बताए ।


मन्त्री श्रेष्ठले पाशुपति क्षेत्रमा छरिएर रहेका धार्मिक, सांस्कृतिक महत्त्वका सामग्रीहरुलाई एकै स्थानमा संकलन, अभिलेखीकरण र प्रस्तुतिकरण गरी संग्रहालयको रुपमा विकास गरिनु निकै ठूलो उपलब्धि भएको बताए ।पशुपति परिसर सभ्यताको पहिचान बोकेको स्थान रहेको भन्दै उनले यसको संरक्षण, व्यवस्थापन र सरसफाइमा समेत ध्यान दिनुपर्ने बताए । २०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिले महत्त्वपूर्ण पशुपति महास्नानघर भवनलाई नेपाल इन्भेष्टमेन्ट बैंकले पुनर्निर्माण गरेको हो । पुनर्निर्माणपछि बैंकले पशुपति क्षेत्र विकास कोषलाई पुननिर्मित पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण गरेको छ ।

कमेन्ट गर्नुहोस्