लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी सहित चार प्रदेशमा राती वर्षा र चटयाङको सम्भावना

IMG

तिलोत्तमा सिटी न्युज, भदौ ५ गते २०७९ । दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहने छ ।

मौसम पुर्वानुमान शाखका अनुसार देशका पहाडी भू-भागका केहि स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने मौसम पुर्वानुमान शाखाले जनाएको छ । देशभर आंशिक देखि सामान्य बदली रहने तथा पहाडी भू–भागका केही तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने भएकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको उक्त मौसम पुर्वानुमान शाख चेतावनी दिएको छ ।  नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु मौसम पुवानुमान शाखाले अनुरोध गरेको छ । 



कमेन्ट गर्नुहोस्