लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोट्र्याक कोटिहवाले गर्यो, बाउन्नकोटी सिद्धधामलाई डस्बिन सहयोग

IMG

तिलोत्तमा सिटी न्युज, असार ३ गते २०७९। रोट्र्याक क्लब अफ कोटिहवाले बाउन्नकोटी सिद्धधाम चिल्हिया पार्कलाई डस्बिन सहयोग गरेको छ । कार्यक्रमका प्रमुख अतिथि सिद्धधामका अध्यक्ष तारा छन्तेललाई संस्थाका अध्यक्ष पुजन बश्यालले डस्बिन हस्तान्तरण गरेका थिए ।कार्यक्रममा एलेक्टेड प्रेसिडेन्ट अमन थापाले वातावरण स्वच्छ राख्न सबैले स्थानीयवासी नै सक्रिय बन्नु पर्ने बताए । वातावरणको क्षेत्रमा रोट्र्याक क्लब अफ कोटिहवाले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रमुख अतिथि छन्तेलले रोट्र्याक क्लब अफ कोटिहवाले वातावरणसँगै स्वास्थ्य क्षेत्रमा समेत धेरै काम गर्ने गरेको बताए ।


कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष पुजन बश्यालले आफ्नो गाउँ टोलको सरसफाई गर्दै वातावरण स्वच्छ राख्न स्थानीयकै भुमिका महत्वपूर्ण रहेको भन्दै डस्बिन वितरण सुरुवात मात्रै रहेको र यसको संरक्षणमा सबै जिम्मेवार बन्नुपर्ने बताए ।कार्यक्रममा संयोजक कृष्ण खनालले मन्दिर पार्क र बन परिसरलाई स्वच्छ र सफा राख्न हरेक व्यक्ति तथा संस्थाहरु सक्रिय हुनुपर्ने बताए । तिलोत्तमा नगरपालिकाका विभिन्न पर्यटकिय क्षेत्र मध्ये प्रमुख पर्यटकिय क्षेत्रमा पर्ने बाउन्नकोटी पार्क आफैमा धार्मिक ऎइतिहासिक र सास्कृतिक धरोहर बोकेको क्षेत्र हो। 

कमेन्ट गर्नुहोस्