लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निगुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २४ गते २०७९ । चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुर घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएका चार जना महिलाहरु मंगलवार दिउँसो बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।जिल्ला चितवन प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार बाघको आक्रमणबाट बेपत्ता बनेकी मंगली बोटेको मृत्यु भएको हो ।


उनीसँग गएका अन्य तीन जना भने सकुशल छन् ।उनको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । बाघको आक्रमणका परेकी बोटेको चारवटा हात्ती प्रयोग गरेर खोजी गरिएको थियो ।पछिल्लो समयमा निकुञ्जका मध्यवर्ती तथा सामुदायिक वन क्षेत्रमा बाघको आक्रमणबाट ज्यान गुमाउनको संख्या बढ्दै गएको छ ।

कमेन्ट गर्नुहोस्