
तिलोत्तमा सिटी न्युज, जेष्ठ १९ गते २०७९। मन्दिरकै प्राङ्गणमा बजार लाग्ने गरेको पुरानो योगिकुटि बजार अहिले सरेपछि मन्दिरको उचित संरक्षण हुने भएको छ। बुटवल योगिकुटीस्थित देवस्थल दुर्गा मन्दिर पुननिर्माण गरिने भएको छ ।बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित मुल मन्दिरको भवन जिर्ण भएपछि त्यसको पुननिर्माण हुने भएको हो । करीब ५१ लाख रुपैया लागतमा निर्माण गर्न लागिएको समितिका ब्यवस्थापक महेश पौडेलले बताए । मन्दिर निर्माणमा बुटवल उपमहानगरपालिका बाट गतवर्ष बजेटमा ८ लाख रुपैया विनियोजित गरिएको छ ।
विहिबार एक समारोहका बिच बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले मुल मन्दिरको विधिपुर्वक पुजापाठ गरि शिलन्यास गरेका छन । धर्मबाट मानिसलाई नियममा बाध्ने र सामाजिक बनाउने उनले बताए । गुरुयोजना अनुसार योगा सेन्टर, सभाहल लगायतको पुर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्घता जनाए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा अर्याल, वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, तिलोत्तमा नगरपालिका वडा नं ३ का वडाअध्यक्ष कल्याण पौडेल, बुटवल ११ का वडा सदस्य नहकुल शाहीलाई खादा र टीका लगाएर सम्मान गरिएको थियो ।बिस २०१७ सालमा स्थापना भएको मन्दिरको करिब ८ कठ्ठा ७ धुर क्षेत्रफल छ । मन्दिरको मुख्य आम्दानीका रुपमा डेढ दर्जन बढि ब्यवसायिक भवनका सटरहरु छन ।
यसैबिच समितिका पदाधिकारीहरुले स्थानिय पालिकामा निर्वाचित भएका बुटवल र तिलोत्तमा नगरका जनप्रतिनिधिहरुलाई सम्मान समेत गरेको छ ।कार्यक्रममा समितिका अध्यक्ष असोक गुरुङले शहरी क्षेत्रमा सार्वजनिक जग्गाको अभाव देखिरहेको बेला यो क्षेत्र महत्वपुर्ण रहेको बताए । यस क्षेत्रमा बगैचाको नामले पहिचान बनाएको यो स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्ने उनले बताए ।कार्यक्रममा देवस्थल मन्दिर संचालक समितिका सचिव कमल नेपाल, वरिष्ठ उपाध्यक्ष पुष्पा शर्मा, कार्यक्रममा ई. नारायण बहादुर गुरुङले मानसिक शान्ति दिने रुपमा यो स्थानलाई विकास गराउनुपर्ने बताए । हाल मन्दिरको ३५ जना आजिवन सदस्य र १ सय ५१ साधारण सदस्य रहेको छ ।
कमेन्ट गर्नुहोस्