लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको सैनामैनामा चितुवाको आक्रमणबाट एक जना घाइते

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १९ गते २०७९।  रुपन्देहीको सैनामैनामा चितुवाको आक्रमणमा परि एक जना घाइते भएका छन् । आज विहान सैनामैना नगरपालिका–१० बेनतेनी का ५५ वर्षीय राम कृष्ण थारुलाई चितुवाले आक्रमण गरेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक जग्गनाथ मरासिनीले जानकारी दिए ।


प्रहरी निरिक्षक मरासिनीका अनुसार घाइते अवस्थामा आएको चितुवालाई नियन्त्रण गर्न खोज्दा थारुलाई आक्रमण गरेको हो । साथै, चितुवालाई स्थानीयले नियन्त्रण पश्चात मरेको छ । घटनाका सम्बन्धनमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्