लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निजगढ विमानस्थल रोक लगाएकोमा खुसीयाली

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १४ गते २०७९ । सर्वोच्च अदालतले निजगढ विमानस्थल बनाउन रोक लगाएको खुसीयालीमा वातावरण प्रेमीहरूले र्‍यालीको आयोजना गरेका छन् । निजगढ विमानस्थलको निर्माणमा रोक लगाएर पर्यावरण जोगाएको भन्दै प्यान नेपालको आयोजनामा सो र्‍याली गरिएको हो ।बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो । अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सबै प्रक्रिया बन्द गरी विकल्प खोज्न सरकारलाई भनेको छ। शनिबार नै सर्वोच्च अदालतको आदेशको विरोधमा माइतीघर मण्डलामा निजगढवासीले ​विरोध कार्यक्रमको आयोजना गरेका थिए।

कमेन्ट गर्नुहोस्