लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थारु समुदायका किशोरीहरुलाई ढकिया बनाउने तालिम शुरु

IMG

चैत्र ५ गते २०७८,तिलोत्तमा सिटी। मधवलिया सामुदायिक केन्द्रको आयोजना एबम युनेस्कोको आर्थिक तथा प्राबिधिक सहयोगमा थारु समुदायका किशोरीहरुलाई ढकिया बनाउने २१ दिने तालिम शुरु भएको छ। फागुन ८ गतेदेखि शुरु भएको सो सिपमुलक तालिम फागुन २९ गतेसम्म चल्ने बताइएको छ। अमुर्त संस्कृतिक सम्पदाको संरक्षण तथा थारु समुदायको सो सिप तथा कलाको पुस्ता हस्तान्तण गर्ने उदेस्यले सो कार्यक्रमको योजना गरिएको सामुदायिक केन्द्रकी तारा गुरुङ्गले बताउनुभयो।


थारु समुदायको चाड बाद र रितिरिवाजमा मात्र नभएर अन्य समुदायको पुजा आज्ञा तथा अन्य सामग्री राख्न समेत प्रयोग हुदै आएको ढकिया लोप हुन नदिन र बजारमा यसको अवस्था सधै ताजगी राख्न सो सिप मुलक तालिम आयोजना गरिएको गुरुंगले बताउनुभयो। ढकिया बुनाई तथा पुस्तान्तरण परियोजना अन्तर्गत युनेस्कोको आर्थिक तथा प्राबिधिक सहयोगमा थारु समुदायकी प्रशिक्षक फुल कुमारी थरुनीले सो ढकिया बुनाईको प्रशिक्षण दिनुभएको छ।  तालिमले स्थानिय किशोरीहरुलाई सिप स्वरोजगार तथा लोप हुन लागेको बस्तुको जगेर्ना हुने आयोजक मधवलिया सामुदायिक केन्द्रले जानकारी दिएको छ। 


कमेन्ट गर्नुहोस्