
२०७८ फागुन ६, तिलोत्तमा सिटी। एमसीसीको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक आज पनि विना निष्कर्ष सकिएको छ ।बैठक पर्सि फेरि बस्ने भएको छ । सत्ता गठबन्धनको हिजोको बैठकमा पनि सहमति जुट्न सकेको थिएन ।प्रधानमन्त्री शेरबहादुर देउवाले आजको संसद् बैठकमा एमसीसीलाई टेबल गर्ने तयारी गर्नु भएको छ । तर, संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा बैठक दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसीसम्बन्धी एजेण्डाको विषय समावेश गरिएको छैन ।सहमति नहुँदासम्म एमसीसीलाई अगाडि बढाउन सभामुख अग्नि सापकोटा पनि तयार नभएकाले आजको बैठकमा पनि एमसीसी टेबल हुने सम्भावना कम छ ।
कमेन्ट गर्नुहोस्