
२०७८ फागुन ६, तिलोत्तमा सिटी। आइतबार र सोमबारका लागि बोलाइएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । माओवादी केन्द्रले अमेरिकी परियोजना एमसीसी, स्थानिय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्नका लागि बैठक आह्वान गरेको थियो । पछिल्लो राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।स्थगित बैठक आगामी फागुन २० गतेको लागि सारीएको छ ।
कमेन्ट गर्नुहोस्