लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज पनि एमसीसीको विरोधमा माओवादी कार्यकर्ताको प्रदर्शन

IMG

 २०७८ फागुन ६, तिलोत्तमा सिटी। आज पनि नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले एमसीसीको विरोधमा  नयाँबानेश्वरमा प्रदर्शन गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् ।अखिल क्रान्तिकारी र वाईसीएलका कार्यकर्ताहरुले एमसीसी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।बानेश्वरमा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले पनि एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् ।माओवादी भ्रातृ संगठनहरुले गत बुधबार पनि नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई एभरेष्ट होटल नजिकको सडकमा रोकेको छ ।


कमेन्ट गर्नुहोस्