
तिलोत्तमा सिटी, फाल्गुण ४ गते २०७८। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा वाइसिएल नेपाल रुपन्देही क्षेत्र नम्बर १ र नेकपा माओबादी केन्द्र सम्बद्ध बिद्यार्थी संगठनले तिलोत्तमा क्षेत्र संगै मणिग्राम चोकमा राँके जुलुस सहित प्रदर्शन गरेका छन् । उक्त सम्झौता राष्ट्रघाती रहेको भन्दै उनीहरुले संसदबाट अनुमोदन नगर्न खबरदारी समेत गरेका छन् । नेकपा माओबादी केन्द्रले केहि बुँदा संशोधन गरेमात्र एम सिसि अनुमोदनका लागि सदन पठाउन आग्रह गरेपनि अमेरिकी सो सहयोगी सस्थाले सम्झौता संशोधन नहुने भनेपछि नेकपा माओबादीले खुलेर बिरोधमा आएको हो।
वाइसिएल नेपाल रुपन्देही क्षेत्र नम्बर १ र नेकपा माओबादी केन्द्र सम्बद्ध बिद्यार्थी संगठनले गरेको प्रदर्शनमा वाइसिएलका माधव बस्नेत, प्रेम जिएम लगायत विभिन्न बिद्यार्थी नेता तथा सहभागीले एमसीसी सम्झौता अनुमोदन हुन नहुने आशय प्रस्तुत गर्दै कुनै पनि हालतमा एमसिसि पास गर्न नहुने बताएका थिए । तिलोत्तमाको मणिग्राममा प्रदर्शनपछि कोणसभा आयोजना गरिएको थियो। कोणसभामा यो विरोध कार्यक्रम आयोजना गर्ने वाइसिएल नेपाल रुपन्देही क्षेत्र नम्बर १ र नेकपा माओबादी केन्द्र सम्बद्ध बिद्यार्थी संगठनका नेताहरुले संबोधन गरेका थिए।
कमेन्ट गर्नुहोस्