लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु

IMG

२०७८ फागुन ३, तिलोत्तमा सिटी। नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र एमसीसीका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बसेको हो । बैठकमा कांग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदहरुलाई पछिल्लो राजनीतिक अवस्थाको विषयमा जानकारी गराउँदै संसदमा खेल्ने भूमिकाबारे निर्देशन दिने नेपाली कांग्रेसले जनाएको छ ।

कमेन्ट गर्नुहोस्