
२०७८ फागुन १ ,तिलोत्तमा सिटी। आज साँझ ६ बजे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। देशको पछिल्लो समसामयिक राजनीति र विशषगरी प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाअभियोगबारे साँझ बस्ने सचिवालय बैठकमा छलफल हुने एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताउनुभयो ।सचिवालयको बैठक कहाँ बस्ने भन्नेबारे निश्चित भइसेको छैन् । एमाले संसदीय दलको बैठक भने भोलि सोमबार बस्ने उहाँले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्