लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कांग्रेस नेता कोइराला र माओवादी अध्यक्ष प्रचण्ड बीच भेटवार्ता

IMG

२०७८ माघ २७, तिलोताम्मा सिटी । नेपाली कांग्रेसका नेता शेखर कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।उहाँहरुबीच अमेरिकी सहयोग परियोजना एमसीसी र स्थानीय तहको चुनावबारे छलफल भएको छ ।कोइरालाले एमसीसीको बारेमा राष्ट्रिय सहमति जुटाउन पनि प्रचण्डलाई आग्रह गर्नुभएको छ ।


 स्थानीय तहको चुनावमा गठबन्धन गरेर सहयोग गर्न प्रचण्डले आग्रह गरे पनि कोइरालाले गठबन्धन नगर्ने बताएका कोइरालाको सचिवालयले जनाएको छ ।प्रचण्डलाई भेट्न बिहान कांग्रेस नेता कोइराला खुमलटार पुग्नु भएको थियो । यसअघि कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु भएको थियो ।


कमेन्ट गर्नुहोस्