
२०७८ माघ २६, तिलोताम्मा सिटी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ।प्रचण्डसँग छलफल गर्न नेपाल बिहान खुमलटार पुगेका थिए । बुधबार बिहान प्रचण्ड निवास खुमलटारमा उनीहरूबीच एमसीसी, गठबन्धन र कर्णाली मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ ।
नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्ने भनेको छ भने माओवादी र नेकपा (एकीकृत समाजवादी) विना संशोधन एमसीसी पास हुन नहुने अडानमा छन् ।सत्ता गठबन्धनमा एमसीसीको विषयलाई लिएर विवाद सिर्जना भएको छ ।एमसीसीको विषयलाई लिएर गठबन्धनको विभिन्न् धारणा आईरहको कारण पनि गठबन्धन धरमरको अवस्थामा छन् ।
कमेन्ट गर्नुहोस्