
तिलोत्तमा सिटी,१२ पौष २०७८। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत बाम एकताको आवश्यकता औंल्याएका छन् ।तत्कालीन नेकपा एमालेसंगको एकता केपी शर्मा ओलीको प्रवृत्तिका कारण टुट्न पुगेको विश्लेषण गर्दै उनले फेरि पनि आफूहरु बाम एकताका लागि तयार रहेको बताएका छन् ।जारी महाधिवेशनमा प्रस्तुत प्रचण्डको प्रतिवेदनमा ‘ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्दै आज पनि वृहत वाम एकता आवश्यक छ,’ भनिएको छ । प्रचण्डले थपेका छन्, ‘हाम्रो पार्टी एकताको पक्षमा रहिरहने छ ।’साथसाथै नेकपा एकीकृत समाजवादी पार्टीसंग सहकार्य अगाडि बढाउँदै लैजाने विषयलाई प्रचण्डले प्रतिवेदनमै लेखेका छन् । ‘विभिन्न माओवादी समूह, माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीसँग सहकार्य बढाउँदै जाने हाम्रो नीति स्पष्ट नै छ’ प्रतिवेदनमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्