लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सर्वोच्च परिसरमा कानुन व्यवसायीको प्रदर्शन र नाराबाजी

IMG

२०७८ पुस ६, तिलोत्तमा सिटी। सर्वोच्च अदालत प्रशासनको आग्रहको अवज्ञा गर्दै कानून व्यवसायीले मंगलबार सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेका छन् ।नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार सर्वोच्च अदालतका एक अधिकारीले उनलाई फोन गरेर सर्वोच्च अदालत परिसरमा प्रदर्शन र नारावाजी नगर्न भनेका थिए ।तर, कानुन व्यावसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसर छिर्दा भने सुरक्षाकर्मीले रोकेनन् । प्रदर्शन र धर्नापछि बोल्दै बार एशोसिएसनका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा नआउँदासम्म आफूहरुको विरोध कार्यक्रम यथावत रहने बताए ।

कमेन्ट गर्नुहोस्