लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राप्रपा अध्यक्षमा युवा नेता लिङ्देन विजयी

IMG

तिलोत्तमा सिटी,१९ मंसिर २०७८। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी हुनु भएको छ । शनिबार भएको मतदानमा कमल थापालाई २२७ मत अन्तरले पराजित गर्दै लिङ्देन विजयी हुनु भएको हो ।पार्टीको अध्यक्षमा निर्वाचित लिङ्देनले १ हजार ८४४ मत प्राप्त गर्नुभएको थियो भने कमल थापाले १ हजार ६१७ मत प्राप्त गर्नुभएको थियो । राप्रपामा नयाँ नेतृत्व चयनको लागि शनिबार मतदान भएको थियो भने राती भएको गणनापछि आईतबार बिहान मतपरिणाम प्राप्त भएको हो ।

कमेन्ट गर्नुहोस्