
तिलोत्तमा सिटी,१३ कार्तिक २०७८। रुपन्देहीको बुटवलमा विभिन्न पार्टी परित्याग गरि झण्डै ६ सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार बुटवल उपमहानगरपालिका ११ बुद्धनगरमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमबाट माओवादी लगाएतका पार्टी परित्याग गरि ५ सय ८० जना प्रवेश गरेका हुन् ।नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य मीन विश्वकर्मा, महासमिति सदस्य युवराज गिरी, बुटवल उपमहानगरका सभापति खेलराज पाण्डेय, वडा ११ का सभापति जितबहादुर मल्ल लगाएतले क्रियाशील सदस्यतासहित टिका र खादाले स्वागत गरेका थिए ।
कमेन्ट गर्नुहोस्