लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेकपा एमाले तिलोत्तमाको अध्यक्षमा तामानाथ पाण्डे

IMG

तिलोत्तमा सिटी,१० कार्तिक २०७८। लामो छलफलपछि नेकपा एमाले तिलोत्तमा नगर कमिटिको अध्यक्षमा तामानाथ पाण्डे चयन भएका छन् । हिजोदेखि सुरु भएको अधिवेशनमा नेतृत्वका आंकाक्षिहरु धेरै भएपछि अधिबेशनको पहिलो दिन दोस्रो दिन विहानैदेखि आन्तरिक छलफलमा रहेको एमालेले सहमतिमै नेतृत्व टुङ्ग्याउन सफल भएको हो ।


सहमति अनुसार उपाध्यक्षमा नेत्र वन, सचिवमा मिन प्रसाद पोखरेल तथा दुईवटा उपसचिव पदमा गणेश उपाध्याय र संगीता गुरुङ चयन भएको एमाले रुपन्देहीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए । साथै तिलोत्तमा नगरका निबर्तमान अध्यक्ष मोहन चापागाईंले निर्बाचित नया नगर कमिटीलाई पार्टीको माइन्युट तथा कार्यालय सामाग्री हस्तान्तरण समेत गरेका थिए।हाल अध्यक्षमा चयन भएका पाण्डे तिलोत्तमा वडा नं. १ का वडाअध्यक्ष हुन्।मंगलबार शुरु भएको नगर अधिवेशनमा अध्यक्षका लागि पाण्डेसंगै नेत्र वन, मिनप्रसाद पोखरेल र सुरेन्द्र श्री गरी चारजनाले उम्मेदवारी दिएका थिए।पार्टि नेतृत्वको  दुईदिनसम्मको प्रयासपछि अध्यक्षमा उम्मेदवारी दिएका वनलाई उपाध्यक्ष र पोखरेललाई सचिवमा सहमती जुटाएको हो।त्यस्तै उपसचिवमा भने गंगा गुरुङ र गणेश उपाध्यायलाई सर्वसम्मतीमा चयन गरिएको निर्वाचन समितिले जनाएको छ।अध्यक्षका अर्का आकांक्षी सुरेन्द्र श्री लाई भने जिल्ला कमिटीमा लैजाने भनेर सहमती जुटाईएको एक जिल्ला नेताले बताए।श्री तिलोत्तमा नगरपालिकाका प्रवक्ता समेत हुन्।वन र पोखरेल भने यसअघि पनि एमाले नगर उपाध्यक्ष र सचिव रहेका थिए।एमाले उपमहासचिव घनश्याम भुसालको गृहनगर रहेको तिलोत्तमा नगरपालिका अर्का उपमहासचिव बिष्णु पौडेलेको पनि निर्वाचन क्षेत्र हो।तिलोत्तमामा उपाध्यक्षमा ११ जना, सचिवमा २ र उपसचिवका लागि ३२ जनाले उम्मेदवारी दिएका थिए।




योसँगै रुपन्देहीका १३ वटा पालिकाहरुमा नेतृत्वको टुङ्गो लागेको छ । नेतृत्व टुङ्गीएको बुटवल उपमहानगरपालिकामा भने सचिव र दुई उपसचिव पदमा अझै टुङ्गो लाग्न सकेको छैन । नेतृत्वका लागि सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिका र सियारी गाउँपालिकामा छलफल जारी रहेको एमालेले जनाएको छ । जिल्लाका सैनामैना र लुम्बिनी साँस्कृतिक नगरपालिकासहित कञ्चन गाउँपालिका, सुद्धोधन गाउँपालिका, मायादेवि, ओमसतिया, रोहिणी, सम्मरीमाई, कोटहीमाई, मर्चवारी र गैडहवा गाउँपालिकामा हिजो (मँगलबार) नै सर्वसहमतिमा नेतृत्व चयन भएको छ। 


कमेन्ट गर्नुहोस्