
तिलोत्तमा सिटी,१० कार्तिक २०७८।राष्ट्रपति बिद्यादेवी भण्डारी भैरहवा आउने कार्यक्रम रहेको छ । यही आइतबार भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा स्थापना हुन लागेको जेड धातुको बुद्धमूर्ति अनावरण गर्न राष्ट्रपति भैरहवा आउने कार्यक्र तय भएको छ ।लुम्बिनी सांस्कृतिक नगरपालिकाले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमबारे जानकारी गराएको छ । मूर्ति अनावरणको लागी राष्ट्रपतिको आगमन सुनिश्चित भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले जानकारी दिए । उनले आइतबार साढे १२ बजेदेखि बिमानस्थलमा मूर्ति अनावरण गरिने कार्यक्रम भएको बताए ।यस क्षेत्रकै गौरवको बिषय रहेको हुदा मूर्ति अनावरण कार्यक्रममा सबै संघ संस्थाले अपनत्व लिन मूर्ति ल्याउने लुम्बिनी गार्डेन फाउण्डेशनले आव्हान गरेको छ ।
म्यानमारका भिक्षु कालीगढद्वारा झण्डै ६ महिना लगाएर तयार गरिएको उक्त मूर्ति १ मिटर लम्बाई र ६० सेन्टिमिटर चौडाई तथा १ हजार ८ सय किलोको रहेको फाउण्डेशका महासचिव एकराज गिरीले जानकारी दिए ।उनले लुम्बिनी मार्फत समग्र नेपाललाई नै अन्र्तराष्ट्रिय क्षेत्रमा पहिचान दिलाउन मूर्तिले महत्वपूर्ण भूमिका खेल्ने बताए । गिरीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको साथै समग्र नेपालको प्रचार प्रसार साथै बुद्धको शान्तीको सन्देश संसार सामु पुर्याउने उद्देश्य रहेको बताए ।सिद्धार्थ उद्योग बाणिज्य संघ र लुम्बिनी होटल संघको संयोजन, लुम्बिनी गार्डेन फाउण्डेशनको समन्वयमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले उक्त पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरेको थियो ।
कमेन्ट गर्नुहोस्