लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरे चितवन नछाड्ने घोषणा

IMG

तिलोत्तमा सिटी,९ कार्तिक २०७८। प्राय हरेक निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको निर्वाचनमा गृहजिल्ला चितवनबाटै चुनाव लड्ने घोषणा गरेका छन् । भरतपुरमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले अवको चुनावमा चितवन छाडेर अन्त नजाने बताएका हुन् ।शान्ति प्रक्रियाको लगत्तै रोल्पाबाट चुनाव लडेका प्रचण्ड त्यस यता काठमाडौं र सर्लाहीबाट निर्वाचन लडेका थिए । पछिल्लो निर्वाचन भने उनले चितवनबाट लडेका थिए । शिर्ष नेताहरु स्थान परिवर्तन गरेर निर्वाचन लड्नु पर्ने पोलिसी बनाएको माओवादीले पछिल्लो समय असफलता झेल्नु परेपछि आ आफ्नो निर्वाचन क्षेत्र बनाउन थालेका छन् ।


प्रचण्डले निर्वाचनका बिषयमा चितवनका जनतालाई अव चितवन छाड्छ की भन्ने द्विविधामा नपर्न समेत आग्रह गरे । ‘चितवनका जनता कुनै भ्रम र द्विविधामा नपर्नु, म चितवन छाडेर बाहिर जान्न,’  उनले भने, -‘अबको निर्वाचन चितवनबाटै लड्छु। यो निर्वाचन मेरा लागि अन्तिम पनि हुनसक्छ।’प्रचण्डले पत्रकारहरुको एक प्रश्नमा सत्तारुढ गठबन्धनमा कुनै समस्या नरहेको जिकिर गरे । उनले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे सत्ता गठबन्धनमा छलफल नभएको बताउँदै न्यायालयको स्वतन्त्रता र गरिमालाई कहिँकतै आँच आउन नदिन आफूहरू सतर्क रहेको प्रष्ट पारे।प्रचण्डले आफु एमालेको महत्वमा परेकै कारण बुटबलमा हुने भनिएको एमालेको १० औँ महाधिवेशन चितवनमा सारेको समेत बताए ।

कमेन्ट गर्नुहोस्