लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेकपा एमाले तिलोत्तमा नगरको अध्यक्षमा सुरेन्द्र श्रीको उम्मेद्वारी

IMG

तिलोत्तमा सिटी,८ कार्तिक २०७८। अहिले तिलोत्तमा नगर मा मात्रै नभएर समग्र स्थानिय तह तथा पालिकाहरुमा नेकपा एमालेको अधिबेशनको चटारो तातिरहेको छ। रुपन्देहीको सुगम नगरपालिका तिलोत्तमा नगरको अधिबेशन यात्रा पनि अगाडी बढ्दै गर्दा भित्र भित्र सुनिएको उम्मेद्वारी अहिले सबैको मन मस्तिष्कमा पसिसकेको छ।  यहि कार्तिक ९ गते हुने नेकपा एमाले तिलोत्तमा नगरको अधिबेशन बिहानै बाट शंकर नगर स्थित रेडिसन होटलमा सम्पन्न हुदैछ। भर्खर नगरको वार्ड कमिटिको निर्बाचन तथा सर्बसम्मत नेतृत्व चयन गरेको नेकपा एमालेले पालिका तथा नगरको अधिबेशन पनि सम्पन्न गर्ने तरखरमा छ।  बढीजसो जुझारु युवाहरुको सर्बसम्मत चयन गरेको वडाले नगरमा पनि उस्तै प्रभाव पार्ने धेरैको अड्कलबाजी छ।  सोहि अनुरुप अध्यक्ष पदको उम्मेद्वारी दिएका सुरेन्द्र श्रीले आफ्नो जित युवा र सबल नेतृत्वका लागि पार्टीको बलियो आधार सृजना गर्न आफ्नो उम्मेद्वारी रहेको र अबको नेतृत्व युवाको नै भएको बताउदै आफुलाई अध्यक्ष पदमा जिताउन आग्रह गरेका छन्। नेकपा एमालेमा नगर सचिव समेत रहेका सुरेन्द्र श्री हाल तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा समग्र नगरकै प्रबक्ता समेत हुन्।


रुपन्देही जिल्लाको सुगम तथा अक्षतभुमि तिलोत्तमा नगरका १७ वटै वडामा सहमतिमा भर्खर मात्रै नेतृत्व चयन भएको थियो । अधिबेशनले तिलोत्तमा वडा नम्बर-१ मा गोविन्द अर्याल, तिनपा–२ मा भुवन आचार्य,तिनपा–३ मा तोलाकान्त भण्डारी,तिनपा–४ मा शंकर जिसी(जितेन्द्र), तिनपा–५ मा कृष्ण प्रसाद भट्टराई,तिनपा–६ मा एकादेव पाण्डे,तिनपा–७ मा हेमराज पौडेल,तिनपा–८ मा कमलकान्त गौतम,तिनपा–९ मा बावुराम भण्डारी,तिनपा–१० मा गोपाल घिमिरे,तिनपा–११ मा राधा शाही,तिनपा–१२ मा ढालबहादुर भण्डारी,तिनपा–१४ मा तुलसी पाण्डे,तिनपा–१५ मा डोलराज बश्याल,तिनपा–१६मा भीमलाल बश्याल,तिनपा–१७मा बिष्णु प्रसाद बश्याल चयन भएका छन्। अध्यक्ष पदका लागि हालसम्म  ४ जना  तामानाथ पाण्डे , सुरेन्द्र श्री , नेत्रलाल बन र मिनप्रसाद पोख्रेलको उम्मेद्वारी रहेको छ।   



कमेन्ट गर्नुहोस्