
तिलोत्तमा सिटी,८ कार्तिक २०७८। नेपाल एयरलाइन्सका अध्यक्ष सुशील घिमिरेले राजीनामा गरेका छन् ।सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।उनका अनुसार मन्त्रिपरिषद बैठकले निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ । निगमका अध्यक्ष घिमिरेले यसअघि नै राजीनामा दिन खोजेपनि सरकारले रोकेको थियो ।कार्यकारी अध्यक्षमा नियुक्त अधिकारी नेपाल एयरलाइन्सकै पूर्वकर्मचारी हुन् । उनी उमेर हदका कारण सेवा निवृत्त भएका थिए ।
कमेन्ट गर्नुहोस्